माओवादी केन्द्रको जारी अधिवेशनमा काभ्रेबाट दुई जना केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।
आठौं महाधिवेशनबाट काभ्रे जिल्लाबाट रुकु चौलागाईं (रचना) र मीना तामाङ (रञ्जिता) केन्द्रीय सदस्यमा चयन हुनुभएको हो । चौलागाई माओवादी काभ्रेको अध्यक्ष पनि हुनुहुन्छ ।
चौलागाई र तामाङ माओवादी यु द्धका बेलादेखि नै संघर्ष गरेको महिला नेतृका रुपमा चिनिनुहुन्छ ।
संविधानसभा सदस्य कमला दोङ पनि केन्द्रीय सदस्य चयन हुनुभएको छ । दोङ विशेष प्रदेश (गैर भूगोल) तर्फबाट केन्द्रीय सदस्य चयन हुनुभएको हो ।
महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेश गर्नुभएको थियो । प्रचण्डले जम्मा २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि बन्दसत्र हलले अनुमोदन गरेको हो ।
अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् ।
Facebook Comments