नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश कमिटी उपाध्यक्ष विदुर सापकोटाले एमाले तस्करहरूको संरक्षक रहेको बताउनुभएको छ ।
आज धुलिखेल नगरपालिका वडा नम्बर १२ मा वडा भेलालाई सम्बोधन गर्दै उहाँले एमाले कम्युनिष्ट मुल्य मान्यता विपरीत काम गरेको बताउनुभयो ।
‘नराम्रो काम गर्ने जति सबै एमाले पार्टीमा छन् । एमाले तस्करहरूको संरक्षण गर्ने पार्टी बन्यो । अनाधिकृत रुपमा कमाउनेहरू एमालेमा छन् । सरकारमा हुँदा चुनावी घोषणा पत्र विपरित काम गरे । जसले नेपाली जनताको भावनालाई कसै गरी पनि चुन सकेन । नेता सापकोटाले भन्नुभयो ।’
केपी ओलीले जनता माझ निकै भ्रम छरेको नेता सापकोटाको दाबी छ । ‘मजाक र ठट्टामा देशलाई ओलीले सरकार चलाउँदाको परिणाम अहिले एमाले प्रदेश र संघ सरकारबाट पत्तासाब हुन पुग्यो । ओली सुध्रिने कुनै अवस्था नदेखिपछि हामी हालीले एमालाबाट विद्रोह गरेका हौं । ओली अहंकार निर्वाचनबाट लाईनमा आउनेछ । नेता सापकोटाले भन्नुभयो ।’
नेता सापकोटाले एमाले अवसरवादीहरूको ठूलो संख्या रहेको बताउनुभयो । ‘एमाले अवसरवादीहरूको झुण्ड हो । ओलीले कार्यकर्तालाई काम गरेर भन्दा अनैतिक रूपबाट पैसा आर्जन गर्न सिकाउनु भएको छ । त्यसैमा कयौँ एमाले कार्यकर्ता रमाईरहेका छन् । नेता सापकोटाले भन्नुभयो ।’
Facebook Comments