काभ्रेको तेमाल गाउँपालिका विद्यालय आजदेखि बन्द भएको छ । जाडो बढेको भन्दै गाउँपालिकाले सबै विद्यालयमा पठनपाठन बन्द गर्ने निर्देशन दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले जारी गरेको सूचना अनुसार आजदेखि पुस २३ गतेसम्म विद्यालय बन्द हुनेछ ।
पालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘जाडो मौसम बढी तापक्रम घटी रहेको अवस्थामा विद्यालय आउने बालबालिकालाई चिसोका कारण विद्यालयको पठनपाठनमा संग्लन हुन कठिनाई भएको हुँदा मिति २०७८÷०९÷१८ देखि २०७८÷०९÷२३ गतेसम्म १ हप्ता विद्यालयको पठनपाठन बन्द गरी जाडो बिदा दिने गाउँपालिकाको निर्णयअनुसार सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
Facebook Comments