Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेसका नेता हुमागाई देउवाले मनोनीत गरेको केन्द्रीय सदस्य सूचीमा परेनन्

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काँग्रेस काभ्रेका नेता हुमागाईको उम्मेदवारी सह–महामन्त्रीमा
Spread the love
    

 

नेपाली काँग्रेस काभ्रेका पूर्व सभापति शिव हुमागाई केन्द्रीय पार्टी सभापति शेर बहादुर देउवाले मनोनीत गरेको केन्द्रीय सदस्यमा नपरेपछि उनी निकटहरु चिन्तित बनेका छन् ।

 

सहमहामन्त्रीको टिकट दिने आवश्यक सहित जिल्ला सभापतिका लागि देउवाका निकट मानिएका तीर्थ लामालाई सहयोग गरेका हुमागाई अन्तत मनोनित सदस्यमा समेत नपरेका हुन् । हुमागाई समर्थकहरुले मनोनीत केन्द्रीय सदस्य पक्का हुने दाबी गरेका थिए ।

 

तर आज सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा हुमागाईको नाम परेन् । गणेश लामा खुल्ला सदस्यबाट र निवर्तमान जिल्ला सभापति मधु आचार्य खास आर्य कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भइसक्नु भएको छ ।

 

मनोनीत केन्द्रीय सदस्यको सूचीमा हुमागाईको नाम नपरेपछि जिल्लामा थप चेपुवामा पर्ने हुमागाईको पक्षको चिन्ता छ । हुमागाई कृष्ण प्रसाद सिटौलाको गुट चलाउनु हुन्छ ।

 

सभापति शेरबहादुर देउवाले कांग्रेस महाधिवेशनमा पराजित सभापति, उपसभापति, महामन्त्री लगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो । देउवाले रामचन्द्र पौडेल, सभापतिमा पराजित प्रकाशमान सिंहलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ ।

 

यसैगरी विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

 

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ ।

 

यद्यपी यो पटकको मनोनीतमा नपरेपनि अर्को पटक मनोनीत गर्दा हुमागाई केन्द्रीय सदस्य बन्ने उनी निकटस्थहरु बताउँछन् । काँग्रेसको अझै केही जिल्लामा जिल्ला अधिवेशन हुनै बाँकी छ । ती जिल्लामा अधिवेशन सकिएपछि देउवाले फेरी एक पटक केन्द्रीय सदस्य मनोनीत गर्ने गरी अहिले १० जनालाई मात्रै मनोनीत गरिएको बताइएको छ ।

 

Post Views: 191

Spread the love
    

Facebook Comments

Next Post
यी हुन् अनेरास्ववियु काभ्रेका निर्विरोध निर्वाचित पदाधिकारी

यी हुन् अनेरास्ववियु काभ्रेका निर्विरोध निर्वाचित पदाधिकारी

पनौतीमा नेकपा (एस) द्वारा सानदार युवा भेला

पनौतीमा नेकपा (एस) द्वारा सानदार युवा भेला

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!