नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतमले एमाले अध्यक्ष केपी ओलीको ब्यवहार केशरजंग रायमाझीको फोटो रहेको बताउनुभएको छ ।
आज काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा वडा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘केपी ओलीको ब्यवहार ठ्याक्कै केशरजंग रायमाझीको जस्तै छ । नीति एउटाको नेतृत्व गर्ने अर्कैको हुने पद्धतिको विकास एमालेमा चरण हुँदै गयो । जसका कारण एमाले विभाजन हुन पुग्यो । अहिले एमालेहरू जनता माझ निकै भ्रम छारेका छन् । नेता गौतमले भन्नुभयो ।’
नेता गौतमले विगतको माले जस्तो नेकपा (एकीकृत समाजवादी) को अवस्था आउँछ भनेर एमालेहरूले भ्रम फैलाएको बताउनुभयो ।
‘एमालेको नीति अब देशका लागि उचित छैन् । कम्युनिष्ट आन्दोलनका लागि त कुनै पनि हालतमा ठीक छैन् । अहिले हाम्रो देशभर र काभ्रेको लगभग सबै वडामा संगठन निर्माण सकिने अवस्थामा पुगेको छ । हामी गठबन्धन गरेरै जान्छौं । एमालेको कन्तबिजोग हुने अवस्था छ । गौतमले भन्नुभयो ।’
Facebook Comments