बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाई र सांसद लक्ष्मण लम्सालबीच प्रायः जसो कुरामा सल्लाह हुने गरेको छ ।
त्यो दृष्टान्त धुलिखेलमा आयोजित एक कार्यक्रममा पनि झल्कियो । नेकपा (एकीकृत समाजवादी) ले धुलिखेल नगरपालिकाको वडा नम्बर ६ र ७ को वडा कमिटी गठन कार्यक्रमको एकै मञ्चमा बसेका मन्त्री हुमागाई र सांसद लम्सालको फोटोले पनि उनीहरु बीचको सम्बन्धका बारे चित्रण गर्छ ।
यो दुबै वडा काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (क) अर्थात् सांसद लम्साल विजयी भएको निर्वाचन क्षेत्रमा पर्छ । नागरिक संवाद समेत नाम दिइएको उक्त कार्यक्रममा मन्त्री हुमागाईलाई नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले सम्मान समेत गरेको थियो ।
मन्त्री हुमागाई र सांसद लम्सालबीच हालसम्म प्रदेश सरकार मार्फत यी दुई वडामा परेको विकास बजेट, कार्यन्वयनको अवस्था र आगामी दिनमा गर्न सक्ने कामका बारे भाषण गर्नुपूर्व सल्लाह भएको थियो ।
‘हामी आ आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रमको एकै मञ्चमा हुँदा प्रायः सल्लाह गरेरै बोल्छौँ । अर्को सांसदको निर्वाचन क्षेत्रमा पुग्दा सबै कुराको जानकारी नहुन सक्छ । त्यहि भएर भाषण गर्नु अघि नै हामी यसै गरी एक अर्कोको निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणका बारे सल्लाह गर्ने गर्छौँ । सांसद लम्सालले मिलिजुली खबरलाई भन्नुभयो ।’
मन्त्री र सांसदबीच यसरी कुम जोडेरै सल्लाह हुँदा कार्यक्रममा सहभागिहरु उत्सुकता पूर्वक हेरिहेका थिए ।
Facebook Comments