नेपाली काँग्रेस बागमती प्रदेश समितिको महामन्त्री कञ्चन चन्द्र बादे काभ्रे काँग्रेसको राजनीतिमा हाबी देखिनुभएको छ ।
नेता बादेले यसको स्पष्ट सन्देश केही दिन अघि सम्पन्न भएको काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाबाट दिनुभएको हो ।
सहकारीको निर्वाचनमा बादेले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संग गठन बन्धन गरेर आफ्ना सबै उम्मेदवार विजयी गराउनु भएको छ । अर्थात् काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था बनेपालीको कब्जामा राख्न नेता बादे सफल हुनु भएको छ ।
काँग्रेस निकटस्थहरूका अनुसार सहकारीको निर्वाचनमा बादेले एकलौटी ढंगबाट उम्मेदवार चयन गर्नुभएको थियो । बादेले जिल्ला पार्टी समितिसंग खास छलफल नै नगरी आफु खुशी उम्मेदवार बनाएपछि नवनिर्वाचित जिल्ला कार्य समिति झस्किएको बताईएको छ ।
१४ औं जिल्ला अधिवेशनबाट जिल्ला कार्य समितिमा देउवा र सिटौला पक्षका विजयी भएका छन् । बादे नेता प्रकाश मान सिंहको गुट चलाउनु हुन्छ । त्यस्तै रामचन्द्र पौडेलको गुट अर्थात् मधु आचार्य प्यानलबाट पनि जिल्ला कार्य समितिमा निकै कम प्रतिनिधित्व छ ।
शिव-तीर्थ समूहले बादेले आफ्नो समूहलाई जिल्ला अधिवेशनमा गरेको पत्तासाफको बदला लिन सुरू गरेको अर्थमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्थाको साधारणसभालाई लिएको स्रोतको दाबी छ ।
यसै गरी महामन्त्री बादे हाबी भैराखे जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने मामिलामा समेत बदला लिन सक्ने कयौँ काभ्रे काँग्रेसका कार्यकर्ताले आँकलन गर्न थालेका छन् ।
Facebook Comments