Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले छाडेका सिन्धुपाल्चोकका नेता सुबास कर्माचार्य नेकपा एसको केन्द्रिय सदस्यमा मनोनित

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
एमाले छाडेका सिन्धुपाल्चोकका नेता सुबास कर्माचार्य नेकपा एसको केन्द्रिय सदस्यमा मनोनित
Spread the love
    

 

सिन्धुपाल्चोकका एमाले नेता सुबास कर्माचार्य नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सद्रस्य बन्नुभएको छ ।

 

नेता कर्माचार्यलाई नेकपा एसको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । एमाले नेता कर्माचार्यले केहिदिन अघि मात्रै सामाजिक सञ्जाल मार्फत नेकपा एमालेसँगको आफ्नो ४० वर्ष लामो आबद्धता त्यागेको घोषणा गर्नुभएको थियो ।

 

केन्द्रीय सदस्यमा मनोनितसँगै नेकपा एसले नेता कर्माचार्यलाई सिन्धुपाल्चोकको इन्चार्जको लागि बाटो खुलेको छ । नेता कर्माचार्य सिन्धुपाल्चोक एमालेमा पहिले देखिनै माधव कुमार नेपाल गुटमै हुनुहुन्थ्यो ।

 

केपी ओली दुई पटक संसद विघटन गर्दा नेता कर्माचार्य त्यसको विरोधमै हुनुहुन्थ्यो । तर महाधिवेशनबाट केन्द्रीय सदस्य बनाउने आश्वासका साथ नेता कर्माचार्य एमालेमै बस्नुभएको थियो ।

 

एमालेमा केन्द्रीय सदस्य बनाएपछि कर्माचार्यले एमाले परित्याग गर्नुभएको हो । नेता कर्माचार्यले राष्ट्रिय टेलिभिजनहरुमा अन्तर्वार्ता दिँदै माधव नेपालसँग लामो समयदेखि सहकार्य रहेको फेरी पनि सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताउनुभएको थियो ।

 

कर्माचार्य नेकपा एसको केन्द्रीय सदस्यमा मनोनितसँगै नजिकिदैँ गरेको ९ जिल्ला अधिवेशनलाई समेत केहि असर पर्ने देखिन्छ । जिल्ला कमिटीमा नेताहरुले उचित जिम्मेवारी नपाए कर्माचार्यकै बाटोमा कयौँ कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुने अनुमान गरिएको छ ।

 

नेता कर्माचार्य सिन्धुपाल्चोकमा बामपन्थी संस्थापक नेता समेत हुनुहुन्छ । नेता कर्माचार्यले पार्टी परित्याग गरेपछि एमालेलाई ठूलो धक्का लागेको छ । ओलीको संसद विघटन विरोधको आन्दोलनमा सिन्धुपाल्चोक एमालेका अधिकांश नेता कार्यकर्ता लागेका थिए ।

Post Views: 138

Spread the love
    

Facebook Comments

Next Post
काँग्रेस बागमती प्रदेशको महामन्त्री पदमा काभ्रेका बादेको उम्मेदवारी

काभ्रे काँग्रेसमा बादे हाबी !

मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!