काठमाण्डौको बसुन्धाराबाट अवैध रुपमा अति दूर्लभ बन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको चार जनालाई प्र हरीले प’क्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा पुगेको महानगरीय अ’पराध महाशाखाबाट खटिएको विशेष टोलीले बसुन्धरा स्थित द मयुर क्याफेबाट ४ (चार) जना व्यक्तिलाई अति दूर्लभ रेडपाण्डाको सिंगो शरीर समेतको चार थान छाला ३० लाखमा मोलमोलाई गरिरहेको अवस्थामा प क्राउ गरेको हो ।
प क्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १३ घर भएका २५ बर्षीय सुरेश गिरी, धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ घर भएका ३९ बर्षीय निर बहादुर घले, नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ४ घरभएका ३१ बर्षीय कृष्ण बहादुर तामाङ र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर २ घर भएका २९ बर्षीय मोहनकर्ण कार्की छन् ।
उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम आवाश्यक का’रबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
उनीहरूको साथबाट दूर्लभ बन्यजन्तु रेडपाण्डाको छाला ४ थान र उनीहरूले प्रयोग गर्ने गरेको ४ थान मोबाइल बरामद गरिएको छ ।
Facebook Comments