एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशन नजिकिएको छ । अधिवेशन सम्पन्न गर्न गठित उपसमितिहरुले आ आफ्नो जिम्मेवारी अनुसार कामलाई तीब्रता दिइरहेका छन् ।
काभ्रेमा अहिलेसम्म कुनै पनि एमाले नेताहरुले भावी नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्न सकेका छैन् । तर नेतृत्वका लागि आन्तरिक छलफल भने प्रायः नेताहरुले थालिसकेका छन् ।
अधिवेशनमा सबैभन्दा रोचक पक्ष भने ९ जिल्ला अधिवेशनमा माधव नेपाल समूहको गटबाट उम्मेदवार बनेर पराजित भएका दुई जना पदाधारीको भूमिकालाई हेरिएको छ ।
९ औँ जिल्ला अधिवेशनमा माधव नेपाल समूहबाट अध्यक्षमा टोक बहादुर वाइबा, उपाध्यक्षमा मुकुन्द गौतम, सचिबमा रामशरण दाहाल र उपसचिबमा गिता बञ्जराले उम्मेदवारी दिनुभएको थियो । ४ जना पदाधिकारी मध्ये अध्यक्षमा टोक बहादुर वाइबामात्रै विजयी हुनुभएको थियो ।
उपाध्यक्षका उम्मेदवार मुकुन्द गौतम अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्जको भूमिकामा हुनुहुन्छ । पार्टी विभाजन हुँदा माधव नेपाल खेमाका नेताहरु दाहाल र बञ्जरा एमालेमै बस्नु भएको छ ।
यहि पुस २३ गते धुलिखेलमा सुरु हुने अधिवेशनमा दाहाल र बञ्जराले पदाधिकारीमा दाबी गर्छन् वा गर्दैन् त्यो त हेर्न बाँकी नै छ । तर बजारमा दाहाललाई एमाले पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँकस्कोटाले राम्रै आश्वासन दिएको बताइन्छ ।
दाहाल र बञ्जरा जिल्लामा माधव नेपाल समूहको विश्वासिलो पात्रो मानिनु हुन्थ्यो । बञ्जरा पनौती नगरपालिकाको उपमेयर हुनुहुन्छ । पार्टी विभाजन पछि एमालेमै बस्नु भएका दुबै नेताले अधिवेशनबाट कुन जिम्मेवारी पाउँनु होला भनेर निकै चासो पूर्वक हेरिएको छ ।
Facebook Comments