Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

गोकुल कमरेडः दूधको क्यान बोक्ने सांसद कृषि मन्त्री बने ‘औडाहा’ त भाको छैन नी ?

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
गोकुल कमरेडः दूधको क्यान बोक्ने सांसद कृषि मन्त्री बने ‘औडाहा’ त भाको छैन नी ?
Spread the love
    

 

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद बसुन्धरा हुमागाई बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्री हुदँै गर्दा एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाको त्यो भाषण औदी याद आउँछ ।

 

२०७७ साल पुस २५ गते । बनेपाको लायकु मञ्चमा एमाले काभ्रेको विस्तारीत बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो । त्यो कार्यक्रमको विशेष अथिती हुनुहुन्थ्यो बाँस्कोटा ।

 

पोडियमा ५७ मिनेट समय बिताएका बाँस्कोटाले अगुवा कार्यकर्तालाई विकास निर्माणमा आफुले पारेको बजेटको विवरण सुनाउनुभयो । प्रचण्ड देखि माधव कुमार नेपाललाई समेत गाली गर्नुभएका बाँस्कोटा काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाई प्रति थप आक्रोशित देखिन्थे ।

 

बाँस्कोटाले त्यो कार्यक्रममा भन्नुभएको थियो । ‘एउटा प्रश्न गर्न चाहान्छु । कसैलाई सञ्जोक बस कुनै कुरा पर्न गएमा, भनिएको कुरा कसैको जीवनमा मिल्न गएमा, सञ्जोक मात्र हुनेछ ।

 

एउटा यसो सानोतिनो ब्यापार गरेर बस्नी । जनमोचो तिर लागेको मान्छेलाई २०५४ सालमा टिपेर यसो पार्टीमा हुलेको थ्यो । सांसद बनायाथ्यो । अनेक बनादियाथ्यो । भोट तपाईहरुले हाल्नी । खट्नी तपाईहरु । अनि जानी किन एक्लै लुसुक्क । मन्त्री खाना गाको ? प्रदेश सरकारमा ।

 

म दावाका साथ भन्दिन्छु । मन्त्री भयो भने चन्द्र लामा हुन्छ । अरु कोहि हुने वाला छैन् । जनतालाई धोका दिनेहरुलाई मन्त्री बनाउने वाला छैन् ।’

 

त्यसपछिका कयौँ औपचारिक तथा अनौपचारिक बैठक, छलफल कार्यक्रमहरुमा पनि बाँस्कोटाले हुमागाईलाई दूधको क्यान बोकेर हिड्नेलाई नेता बनाइएछ भन्दै कार्यकर्ता माज खिसिटिउरी गर्ने गरेको बताइन्छ ।

 

बाँकास्कोटाले दूधको क्यान बोकेर हिड्ने भन्दै खिसिटिउरी गर्ने हुमागाई बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्री बन्नु भएको छ । कम्युनिष्ट सिद्धान्तमै रमाउन चाहाने हुमागाई बागमती प्रदेशभित्रका १३ वटा जिल्लाको किसानको समस्या समाधान गर्ने र कृषिमा नयाँ अवसरको सिर्जना गर्ने ठाउँमा पुग्नुभएको छ ।

 

जति अवधि मन्त्री पदमा रहनु हुन्छ । किसानको हितमा काम गर्नुहोस् । भ्रष्टचारको कुनै पनि दाग नलाग्ने काम गर्नुहोस् । साच्चै किसानको मन्त्री बन्नुहोस् । किसानको गोठ, खेतमा पुग्नुहोस् । मन्त्रीको पदले तपाईलाई पनि कमाउने ध्याउन्नमा नलागेकै राम्रो ।

 

यति मात्रै गर्ने हो भने तपाईलाई क्यानमा दूध बोकेर हिड्ने किसानहरुले सम्मान गर्नेछन् । खिसिटिउरी गर्नेहरु दंग पर्ने छन् ।

Post Views: 327

Spread the love
    

Facebook Comments

Next Post
भुम्लु गाउँपालिकामा सञ्चालित ‘सबैका लागि समाबेशी समुदाय परियोजना’ को अनुगमन (भिडिओ)

भुम्लु गाउँपालिकामा सञ्चालित ‘सबैका लागि समाबेशी समुदाय परियोजना’ को अनुगमन (भिडिओ)

काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप

जिल्ला प्रशासन कार्यालय काभ्रेले तोक्यो सेवाग्राहीलाई 'बार'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!