Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काँग्रेस काभ्रेका सभापति तीर्थ लामा कार्यकर्ता भेटघाटमा ब्यस्त, चुनावी मनस्थिति बुझ्दै

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काँग्रेस काभ्रेका सभापति तीर्थ लामा कार्यकर्ता भेटघाटमा ब्यस्त, चुनावी मनस्थिति बुझ्दै
Spread the love
    

 

नेपाली काँग्रेस काभ्रेका नवनिर्वाचित तीर्थ लामाले कार्यकर्ता भेटघाटलाई तीब्रता दिनुभएको छ ।

 

जिल्ला सभापतिमा निर्वाचित भएपछि खानीखोला गाँउपालिकामा औपचारिक कार्यक्रम गरेर लामाले कार्यकर्ता भेटघाटलाई तीब्रता दिनुभएको हो । निजी निवासदेखि पार्टी कार्यालयसम्ममा सभापति लामाले अहिले कार्यकर्ता भेटघाटलाई पहिलो प्राथमिकता दिनुभएको छ ।

 

सभापति लामाले खानीखोलामा पुगेर दिएको निर्देशन अनुसार अहिले धमाधम टोल समिति गठन धमाधम भइरहेको छ । सभापति लामा अहिले अधिवेशनका प्रतिनिधिलाई धन्यवाद दिन र निर्वाचनलाई लक्षित गरेर पार्टीको स्थानीय तहको नेतृत्वसँग छलफलमा केन्द्रित देखिनुभएको हो ।

 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तय गर्ने तयारी गर्दै गर्दा नवनिर्वाचित सभापति लामाले आफ्नो राजनीतिक गतिविधिलाई थप बढाउनुभएको उहाँ निकटहरु बताउँछन् । सभापति लामाको पहिलो अग्नी परीक्षा नै स्थानीय तहको निर्वाचन हुने देखिन्छ ।

 

यो पटक कम्युनिष्ट पार्टीको फुटले केहि फाइदा पुगेपनि रणनीतिक ढंगबाट अघि नबढ्ने हो भने काँग्रेसलाई समस्या पर्न सक्छ । २०७४ सालमा भएको निर्वाचनमा अधिवंश वडा र पालिकामा नेकपा एमाले र नेपाली काँग्रेस नै मुख्य प्रतिस्पर्धी थिए । तर यो पटक एमाले फुटको असर काभ्रेमा निकै राम्रो परेको छ ।

 

एमालेका पुराना र संठनमा काबिल मानिएका पुराना नेताहरु सबै नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् । प्रदेश र संघ सरकार पनि काँग्रेस सहितको गठबन्धनमै चलेको छ । केन्द्रमा नेताहरुले गठबन्धन आगामी निर्वाचनसम्मै रहने भएपनि जिल्ला तहमा नेताहरु भने एकलौटी रुपमा निर्वाचनमा जाने सोच देखिन्छ । खास गरी नेपाली काँग्रेस आफु एकल निर्वाचनमा जाने र अधिकांश ठाउँमा जीत सुनिश्चित भैसकेको दाबी गर्छ ।

 

सभापति लामाले स्थानीय तहका नेताहरुसँग गठबन्धनका सम्बन्धमा समेत धाराण बुझ्न थालेको बताइएको छ ।

Post Views: 189

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिकाद्वारा शिक्षामा थप नयाँ पनको सुरूवात

मण्डनदेउपुर नगरपालिकाद्वारा शिक्षामा थप नयाँ पनको सुरूवात

गोकुल कमरेडः दूधको क्यान बोक्ने सांसद कृषि मन्त्री बने ‘औडाहा’ त भाको छैन नी ?

गोकुल कमरेडः दूधको क्यान बोक्ने सांसद कृषि मन्त्री बने ‘औडाहा’ त भाको छैन नी ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!