काभ्रेमा बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईका अनुसार बितेको २४ घण्टामा १ जना संक्रमित निको भएका छन् ।
३७ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३० पुगेको छ ।
सबैभन्दा बढी धुलिखेल नगरपालिकामा ८ जना सक्रिय संक्रमित छन् । बनेपा र पनौती नगरपालिकामा ७/७ जना सक्रिय संक्रमित छन् ।
पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकामा ३/३ जना सक्रिय छन् । नमोबुद्ध नगरपालिकामा २ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् ।
Facebook Comments