Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलमा मन्त्री हुमागाई किन भए ‘हाई हाई’

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
धुलिखेलमा मन्त्री हुमागाई किन भए ‘हाई हाई’
Spread the love
    

 

शनिबार बिहान धुलिखेलको ब्रह्याणी मन्दिरको खाली चौरमा कार्यक्रम आयोजना गरिएको थियो ।

 

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगरकमिटीले बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईलाई बधाई तथा शुभकामना प्रदान गर्न कार्यक्रमको आयोजना गरेको थियो ।

 

कार्यक्रममा एमालेका चिनिएका नेता बाहेक सबै दलका नगर र वडा स्तरीय नेताहरु सहभागि थिए । नागरिक संवाद समेत नाम दिइएको उक्त कार्यक्रममा बोल्ने अधिकांश नयाँ तथा पुराना पुस्ताले मन्त्री हुमागाईको गुनगान गाए । कार्यक्रममा सहभागिहरुले मन्त्री हुमागाईसँग नयाँ योजना कम मागे । पुराना गुण बढी स्मरण गरे ।

 

कार्यक्रमको सुरुमै आफ्नो भनाई राख्नु भएका वडा नम्बर ७ का वडाध्यक्ष रोमी प्रसाद श्रेष्ठले भावी पुस्ताले पनि मन्त्री हुमागाईले धुलिखेललाई लगाएको गुण बिर्सन नसक्ने बताउनुभयो । ‘मन्त्री हुमागाईसँग मेरो भर्खरैको चिनजान होइन । उहाँसँग धेरै पटक बसेर एक अर्कोप्रति राम्रो चिनजान छ । उहाँले धुलिखेल बासीलाई लगाउनु भएको गुण कसै गरी पनि बिर्सन सकिँदैन् । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।’

 

धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले त्यो बेला बसुन्धरा हुमागाईकै कारण धुलिखेल नगरबासीले शुद्ध खानेपानी पिउन पाएको बताउनुभयो । ‘अहिले एउटै मञ्चमा भएकाले मात्रै मैले यसो भनेको होइन् । उहाँले धुलिखेल बासीका लागि कहिल्यै तिर्न नसकिने गुण लगाउनुभएको छ । तपाईले त्यो बेला हामीलाई लगाउनु भएको गुण हाम्रा सन्ततीलाई पनि बेला बेला भन्ने गरेका छौँ । सुनाउने गरेका छौँ । अध्यक्ष कोजुले भन्नुभयो ।’

 

माओवादीका नेता दिनदया श्रेष्ठले बसुन्धरा हुमागाई वडाध्यक्ष हुँदा देखिकै धुलिखेलबासीसँग राम्रो सम्बन्ध रहेको बताउनुभयो । ‘धुलिखेलमा खानेपानीको हाहाकार हुन थालिसकेको थियो । हामी पानीको स्रोत खोजिरहेको थियौँ । त्यो बेला वडाध्यक्ष हुनुहुन्थ्यो हुमागाई । उहाँकै वडाबाट पानी ल्याएर धुलिखेलबासीले प्यास मेटाउने निधो गर्यो । उहाँलाई पनि सजिलो थिएन । तर उहाँले आफ्ना जनतालाई मनाउनु भयो । हामीलाई पानी पठाइदिनुभयो । अहिले हामी उहाँकै वडाको पानी खाइरहेका छौँ । श्रेष्ठले भन्नुभयो ।’

 

सबैलाई सम्बोधन गर्दै मन्त्री हुमागाईले धुलिखेल आफ्नो लागि निकै परिचत ठाउँ रहेको बताउनुभयो । ‘तपाईहरुले अहिले खाइरहनुभएको पानीमा मेरो पनि योगदानको चर्चा गर्नुभयो । साच्चै त्यो बेला गाह्रो थियो । तर पनि सम्भव भयो । जनतालाई बुझान सक्दा कयौँ असम्भव हुने काम पनि सम्भव गराउन सकिन्छ भन्ने यो एउटा उदाहरण पनि हो । मन्त्री हुमागाईले भन्नुभयो ।’

 

मन्त्री हुमागाईले आफ्नो गाउँबाट ल्याएको पानी वितरणको लागि बनेका धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई काभ्रे एकीकृत खानेपानी आयोजनाको नाममा कमजोर बनाउने कोशिस गरिएको तर्फ भने असुन्तष्टि ब्यक्त गर्नुभयो ।

 

‘पनौती, धुलिखेल र बनेपाका नागरिकलाई पानी खुवाउन भनेर काभ्रे एकीकृत खानेपानी आयोजना अघि सारियो । तर सुरुको समितिलाई निष्क्रिय बनाउने चेष्टा भइरहेको सुनिएको छ । यसो गर्नु राम्रो होइन् । त्यो बेला एउटा सघंर्षका बीच स्थापित भएको संस्थालाई कमजोर बनाउँदा अर्को सन्देश जान्छ । मन्त्री हुमागाईले भन्नुभयो ।’

 

 

Post Views: 169

Spread the love
    

Facebook Comments

Next Post
नेकपा (एस) द्वारा पनौती नगरपालिका १२ मा अनेरास्ववियु गठन

नेकपा (एस) द्वारा पनौती नगरपालिका १२ मा अनेरास्ववियु गठन

सहकारीको चुनावः काभ्रेमा एमालेलाई ठूलो झट्का !

सहकारीको चुनावः काभ्रेमा एमालेलाई ठूलो झट्का !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!