नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सचिब एवं सांसद लक्ष्मण लम्सालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान विरोधी भएको बताउनुभएको छ ।
आज काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ४ को वडा भेलालाई सम्बोधन गर्दै केपी ओली देशको मुल कानुन भन्दा पनि माथि रहन खोज्दा अहिलेको अवस्थामा सिर्जना भएको बताउनुभयो ।
‘केपी संविधान विरोधी ब्यक्ति हुन् । उनीले जसरी पनि संविधान भन्दा माथि बसेर देश चलाउन खोजे । अहिले पनि संघीय सदन र प्रदेश सदन अवरूद्ध गरेर केपी ओली र एमाले पार्टीले संविधान विपरित गतिविधि गरिरहेको छ । यो मान्य छैन् । डटेर प्रतिवाद गर्न आवश्यक छ । सांसद लम्साल भन्नुभयो ।’
केपी ओलीले जाली र फटाहा कुरा गरेर जनतालाई रणभुल्लमा पार्न खोजेको सांसद लम्सालले बताउनुभयो । एमसीसी अहिलेकै अवस्थामा पास नहुने सांसद लम्सालको भनाई छ । तर केपी ओलीले एमसीसीको बारेमा पनि जनतामाझ भ्रम छरेको सांसद लम्सालको भनाई छ ।
‘बरू अहिलेको गठबन्धन भत्कियोस् । यो ठूलो कुरा होईन । तर अहिलेकै अवस्थामा एमसीसी पास हुँदैन् । गठबन्धन भन्दा ठूलो देश र जनता हो । हामीलाई जनतलाई धोका दिन चाहाँदैनौ । केपी ओली हरेक कुरामा फट्याई गरेर भ्रम छर्न ब्यस्त छन् । सदनबाट हाम्रो मुलुकको कानुन भन्दा माथी रहने गरी एमसीसी पास गराउनुपर्छ भन्ने ओली अहिले अरूलाई हिलो छ्यापी रहेका छन् । सांसद लम्साल भन्नुभयो ।’
सांसद लम्सालले काभ्रे जिल्लामा गोकुल बाँस्कोटा र उनी निकटस्थहरुले भ्रम फैलाईरहेको बताउनुभयो । बाँस्कोटा मन्त्री हुँदा जिल्लामा जनतासंग जोडिएको र जिल्लाको हित हुने कुनै पनि काम नगरेको सांसद लम्सालले ठोकुवा गर्नुभयो ।
‘स्थानीय तह र प्रदेश सरकार मार्फत भएका सबै विकास निर्माणका बजेट आफुले नै ल्याएको दाबी गर्ने बाँस्कोटा प्रवृत्ति जिल्लामा हाबी छ । तर उहाँ मन्त्री हुँदा संघ सरकारबाट कति बजेट आयो सोध्नुस् ? फेसबुकमा लेख्दैमा सबै रकम उसैको पहलमा आयो भन्ने छैन् । सांसद लम्सालले भन्नुभयो ।’
पाँचखाल नगरपालिकामा विकास निर्माणका अझै धेरै काम गर्न बाँकी रहेको भन्दै चुनावमा जनता सामु गरेको प्रतिबद्धताबाट आफु विचलित नहुने बताउनुभयो ।
‘पाँचखालमा हामीले कयौँ नयाँ काम गर्न बाँकी छ । चुनावमा बोलेका केहि कुरा सुरुवात भएका छ । पुरा हुन समय लाग्छ । तर तपाईहरुलाई कसैको भ्रममा नपर्न आग्रह गर्छु । म तपाईहरुले नै निर्वाचित गराए पठाएको सांसद हुँ । चुनावका बेला तपाईको घरदैलोमा आउँदा गरेको बाचा बिर्सेको छैन् । धेरै काम सुरुवात भएका छन् । सांसद लम्सालले भन्नुभयो । ’
Facebook Comments