नेकपा (एकीकृत समाजवादी) ले पाँचखाल नगरपालिका वडा नम्बर ४ मा वडा कमिटी गठन गरेको छ ।
आज भएको भेलाले वडा कमिटी गठन गरेको हो । वडा कमिटीको अध्यक्षमा गणेश नेपाल, उपाध्यक्षमा शिव बहादुर दनुवार, सचिबमा सुमन श्रेष्ठ, उपसचिबमा समिर श्रेष्ठ लगायत २१ सदस्यीय कमिटी गठन गरिएको हो ।
भेलाको प्रमुख अतिथी नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सचिब एवं सांसद लक्ष्मण लम्साल हुनुहुन्थ्यो । भेलाको अध्यक्षता नगर कमिटी अध्यक्ष रविन्द्र सिपखानले गर्नुभएको थियो ।
भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं बागमती प्रदेश कमिटी उपाध्यक्ष एवं काभ्रे जिल्ला ईन्चार्ज टोक बहादुर वाईबाले नयाँ बनेको कमिटीलाई स्थानीय तहको निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।
‘निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न तयारी थालिसकेको छ । बैशाख भित्र स्थानीय तहको निर्वाचन पक्कै हुन्छ । निर्वाचनको तयारीमा तपाईहरू जुट्नुस । एमालेले दाबी गरेको भन्दा फरक निर्वाचन परिणाम अवश्य आउनेछ । यो महिनाभित्र जिल्लाको १३५ वटै वडामा वडा कमिटी गठन भैसक्छ । ईन्चार्ज वाईबाले भन्नुभयो ।’
भेलामा नेकपा (एकीकृत समाजवादी) का नेता ओपी लामिछानेले केपी ओली नेतृत्वको सरकार जनताको हित विपरीतका गतिविधिमा संलग्न भएकै कारण आफुहरू एमालेबाट विद्रोह गर्न बाध्य भएको बताउनुभयो ।
नगर कमिटी ईन्चार्ज हरेराम सापकोटाले प्रदेश सांसदको पहलमा भएको कयौँ विकास निर्माणका कामलाई समेत आफ्नै पेवा भै सम्झने गोकुल बाँस्कोटाको प्रवृत्तिको शसक्त प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभयो ।
वडा नम्बर ६ का वडाध्यक्ष एवं जिल्ला कमिटी सदस्य राम शरण दुलालले पाँचखालका किसानले अझै पनि मलको समस्या झेल्दै आएको भन्दै पाँचखालको सिँगो विकासको अगुवाई नेकपा (एकीकृत समाजवादी) ले मात्रै गर्ने दाबी गर्नुभयो ।
Facebook Comments