Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलमा ‘स्थानीय जवाफदेहीता र पारदर्शिता प्रवर्द्धनमा सुशासन समितिको भूमिका’ विषयक गोष्ठी सम्पन्न

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
धुलिखेलमा ‘स्थानीय जवाफदेहीता र पारदर्शिता प्रवर्द्धधनमा सुशासन समितिको भूमिका’ विषयक गोष्ठी सम्पन्न
Spread the love
    

 

काभ्रेको धुलिखेलमा ‘स्थानीय जवाफदेहीता र पारदर्शिता धुलिखेलमा ‘स्थानीय जवाफदेहीता र पारदर्शिता प्रवर्द्धनमा सुशासन समितिको भूमिका’ विषयक  गोष्ठी सकिएको छ । द यसिया फाउण्डेशनको आर्थिक सहयोगमा सामुदायिक सारथीले आयोजना गरेको गोष्ठी २०७८ साल पुस ८ र ९ गते अर्थात् बिहीबार र शुक्रबार चलेको थियो ।

 

गोष्ठीमा काभ्रे जिल्लाको ६ वटै नगरपालिका धुलिखेल, पनौती, नमोबुद्ध, मण्डनदेउपुर, बनेपा र पाँचखाल नगरपालिकाका सुशासन तथा अनुगमन समितिका संयोजक, सदस्य र सदस्य सचिब सहभागि हुनुभएको थियो ।

 

त्यस्तै ७ वटा गाउँपालिका मध्ये चौरीदेउराली, महाभारत, रोशी र बेथानचोक गाउँपालिकामा गठन भएका सुशासन तथा अनुगमन समितिका संयोजक, सदस्य र सदस्य सचिब र पत्रकार सहभागी हुनुभएको थियो ।

 

गोष्ठीको पहिलो दिन पूर्ब प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारको पूर्ब सचिब कृष्ण हरि बाँस्कोटा कक्षा लिनु भएको थियो । बाँस्कोटाले सुशासनको परिभाषा, सुशासन ऐनका प्राबधानहरु, सुशासनका विशेषता, सुशासनका चूनौंतिहरु, प्रशासन सुधारका प्रयास, खुल्ला सरकार, सेवाग्राहीको सन्तुष्टीमापन, सेवाग्राहीको सन्तुष्टी बढाउने उपाय, सार्वजनिक उत्तरदायित्वका किसिमहरु, सुशासनका तीन आयाम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ६१ बूदे निर्देशन, स्थानीय तहसम्बन्धी महालेखा परीक्षकको टिप्पणी, २०७५ का बारे अवगत गराउनभएको थियो ।

दोस्रो दिन काभ्रेका प्रमुख जिल्ला अधिकार शिवराम पोखरेल र सामुदायिक सारथीका कार्यकारी निर्देशक ताराबहादुर भण्डारीले सुशासनका विषयमा कक्षा लिनुभएको थियो ।

 

प्रमुख जिल्ला अधिकारी पोखरेलले सरकारी कार्यालयहरुको अनियमितता राख्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएपनि काभ्रे जिल्ला राजधानीबाट नजिक भएका कारण त्यो अधिकारी नरहेको जानकारीदिनुभयो ।

‘सुशासन आफुमै निकै भेगिए विषय हो । हाम्रा सरकार कार्यालयहरु कुनै न कुनै रुपमा सुशासन कायम गर्न सकिरहेका छैनन् । त्यस माथि स्थानीय तह हाम्रो नयाँ संरचना हो । यसलाई सुशासन युक्त बनाउन हामीले धेरै मेहेनत गर्नु जरुरी छ । त्यसमा पनि एकल होइन । सामुहिक प्रयासले मात्रै यो सम्भव छ । अन्यता हामीले सुशासन कायम गर्न सक्दैनौँ । प्रजिअ पोखरेलले भन्नुभयो ।’

 

कार्यक्रममा पनौती नगरपालिकामा गठन भएको सुशासन तथा अनुगमन समितिका सदस्यले ईश्वरी घिमिरेले यो गोष्ठी निकै सान्र्दभिक लागेको बताउनुभयो । ‘म सुशासन तथा अनुगमन समितिको सदस्य हुँ । तर सिँगो नगरपालिकाभित्रै पनि कस्तो कार्यक्रम आउँछ । कति बजेट बन्दै छ भन्ने कुराको समेत खासै जानकारी हुँदै थियो । चासो राखिदैँन थियो । यो दुईदिनको गोष्ठीबाट चाँहि धेरै कुरा थाहा भयो ।’

 

नमोबुद्ध नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष एवं सुशासन तथा अनुगमन समितिका संयोजक कुल प्रसाद न्यौपानेले यो गोष्ठीले उर्जा थपिएको बताउनुभयो । ‘मैले निर्वाचित भएर आएपछि ५ वर्षको अवधिमा लिएको तालिम मध्ये यो दुईदिनको विषय वस्तु अत्यन्तै राम्रो र जीवन उपयोग सिपहरु सिक्न पाएँ । यस्तो विषयका तालिमहरु प्रत्येक पालिकामा सञ्चालन गर्दा अति उत्तम हुने मैले पाएँ । अध्यक्ष न्यौपानेले भन्नुभयो ।’

 

त्यस्तै बनेपा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष एवं सुशासन तथा अनुगमन समितिका संयोजक राम बहादुर कुँवरले धेरै नयाँ कुरा सिक्न पाएको ब्ताउनुभयो । ‘यस्तो महत्वपूर्ण तालिम निर्वाचित भएको पहिलो वा दोस्रो बर्षमै पाउन पाएको हो भने सुशासनका सूचक अझ धेरै हामीले पूरा गर्न सक्थ्यौँ । हाम्रो कार्यवधि अन्तिम अन्तिममा भएपनि यस्तो महत्वपूर्ण विषयमा गोष्ठी राखेर नयाँ कुरा सिकाई दिनुभयो धेरै धेरै धन्यवाद ।’

 

Post Views: 83

Spread the love
    

Facebook Comments

Next Post
बैकिङ्ग कसूर मुद्दाका फरार काभ्रे रोशीका अकल प क्राउ

बैकिङ्ग कसूर मुद्दाका फरार काभ्रे रोशीका अकल प क्राउ

यस्तो छ काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको निर्वाचनमा सरकारी गठबन्धन

यस्तो छ काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको निर्वाचनमा सरकारी गठबन्धन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!