नेपाली काँग्रेसको केन्द्रीय सदस्य खस-आर्य तर्फको मत गणना अन्तिम अन्तिम चरणमा पुग्दै गर्दा काभ्रे काँग्रेसका निर्वतमान सभापति मधु प्रसाद आचार्य तेस्रो नम्बरमा उक्लिनु भएको छ ।
७ जना पुरुष तर्फ ४३ जनाको उम्मेदवारी परेको छ । अहिलेसम्म ३८२६ गनिसकिएको छ ।
केशब कुमार बुढाथोकीले १६६६, गोबिन्द बहादुर शाह १६४२ र मधु आचार्यले १५५० मत प्राप्त गर्नुभएको छ ।
भीम पराजुली १५४९, श्याम कुमार घिमिरे १४८६, नारायण बहादुर कार्की १४४५, गेहेन्द्र गिरि १३९३, विष्णु कुमार कार्की १३४६, कमल बहादुर शाह १३३८, हरिबोल भण्डारी १२८९ र तारा बहादुर कोइराला १२८९ प्राप्त गर्नुभएको छ ।
खस आर्य पुरुष तर्फ ८५३ मत गन्न बाँकी छ ।
Facebook Comments