Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रेले धुलिखेल रंगशालामा अहिलेसम्मकै धेरै कार्यकर्ता उतार्दै

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
एमाले धुलिखेल नगर कमिटीको कार्यालय उदघाटन
Spread the love
    

 

काभ्रे एमालेले यहि पुस २३ गते धुलिखेलमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

 

१० औं जिल्ला अधिवेशनको उदघाटनका दिन एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो । अधिवेशनको उदघाटन केन्द्रीय पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले गर्ने गरी तयारी थालिएको छ ।

 

त्यो दिन धुलिखेल नगरपालिकाको वडा ७ स्थित रंगशालामा हजारौं कार्यकर्ता उतार्ने एमाले काभ्रेले जनाएको छ । जिल्लाको १३ वटा पालिका र काभ्रे-काठमाडौँ सम्पर्क मञ्चका सहित गरेर ३४ हजार ३ सय नेता कार्यकर्ता रंगशालामा भेला हुनेछन् ।

 

अधिवेशनमा सबैभन्दा बढी धुलिखेल, बनेपा र पनौती नगर कमिटीले ५/५ हजार जनसहभागिता गराउनु पर्ने जिल्ला कमिटीले निर्णय गरेको छ । त्यस्तै मण्डनदेउपुर नगर कमिटीले ४ हजार, पाँचखाल नगर कमिटीले ३ हजार र नमोबुद्ध नगर कमिटीले २ हजार ५ सय सहभागी गराउने जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

 

यो तथ्याङ्क हेर्दा जिल्लाको ६ वटा नगरपालिकाबाट मात्रै २४ हजार ५ सय एमाले नेता कार्यकर्ता रंगशालामा सहभागी हुनेछन् ।

 

जिल्लाको ७ वटा गाउँपालिका मध्ये तेमाल गाउँपालिका कमिटीले २ हजार कार्यकर्ता उतार्ने निर्णय जिल्ला कमिटीले गरेको छ । भुम्लु, चौरीदेराली, रोशी र बेथानचोक गाउँपालिका कमिटीले १/१ हजार कार्यकर्ता सहभागी गराउनु पर्ने छ । महाभारतले ३ सय र खानीखोला गाउँपालिका कमिटीलाई ५ सय कार्यकर्ता सहभागी गराउने जिम्मा तोकिएको छ ।

 

७ वटा गाउँपालिकाबाट मात्रै एमालेले ६ हजार ८ सय कार्यकर्ता रंगशालामा उतार्ने छ । त्यस्तैगरी काभ्रे-काठमाडौं सम्पर्क मञ्चबाट ३ हजार कार्यकर्ता सहभागी हुने अध्यक्ष ब्याञ्जुले बताउनुभयो ।

 

जिल्ला कमिटीले अधिवेशनमा सहभागीहुने सबैका लागि यातायातको ब्यवस्थापन स्थानीय कमिटीले नै गर्नु पर्ने निर्णय गरेको छ ।

 

एमालेको १० औं जिल्ला अधिवेशनको उदघाटन सत्र रंगशालामा र बन्द सत्र धुलिखेल नगरपालिकाको हलमा हुनेछ ।

 

Post Views: 114

Spread the love
    

Facebook Comments

Next Post
रिमरेकले दियो मण्डनदेउपुर र भुम्लुका अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री

रिमरेकले दियो मण्डनदेउपुर र भुम्लुका अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री

धुलिखेलको स्वास्थ्य सेवामा थप सुधारः बिमा गरेकाको वडामै रगत संकलन, घरैमा औषधी वितरण

धुलिखेल नगरपालिकाले नि:शुल्क पिसाब परीक्षण गर्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!