Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

राजनीतिमा चुपचाप ‘भिम बा’ !

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
राजनीतिमा चुपचाप ‘भिम बा’ !
Spread the love
    

 

‘भिम बा’ । अर्थात पनौती नगरपालिकाका नगरप्रमुख भिम न्यौपाने ।

 

शालिन स्वभाव । सबैसँग घुममिल छिट्टै भै हाल्ने । सकेसम्म कसैलाई नचिडाउने । बृद्धबृद्धा देखि बालबालिकासम्मले यस्तै रुपमा चिन्छन् ‘भिम बा’ लाई ।

 

तर पछिल्लो समय राजनीतिमा केहि चुपचाप जस्तै देखिनुहुन्छ ‘भिम बा’ । २०७२ सालमा बनेपामा सम्पन्न एमालेको ९ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हुनुहुन्थ्यो भिम न्यौपाने ।

 

त्यो बेला न्यौपानेले केपी ओली समूहको नेतृत्व गर्नुभएको थियो । माधव नेपाल समूहबाट अध्यक्षका उम्मेदवार टोक बहादुर वाइबा बाहेक सबै पदाधिकारी र अधिकांश जिल्ला कमिटी सदस्य पराजित भएका थिए । सिँगो कमिटीमा ओली समूहको बहुमत हुँदा अध्यक्षका उम्मेदवार न्यौपाने मात्रै पदाधिकारीमा पराजित हुनुभयो ।

 

जिल्ला अध्यक्षमा पराजित पश्चात न्यौपानेको पार्टी राजनीतिमा भने सक्रिय कम रहेको बताइन्छ । नगरपालिकामै न्यौपाने ब्यस्त रहँदै आउनुभएको छ ।

 

२०४९ र २०५४ सालमा एमालेबाटै तत्कालिन कुशादेवी गाविसको अध्यक्षमा निर्वाचित भएर काम गरिसक्नुभएका न्यौपाने २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनौती नगरपालिकाको मेयरमा विजयी हुनुभएको हो ।

 

मिलिजुली खबरसँग संक्षिप्त कुरा गर्दै मेयर न्यौपानेले भन्नुभयो ‘पार्टीको काममा बिल्कुलै निस्क्रिय भएको होइन् । मेरो धारणा चाँहि के हो भने म जुन पदमा बस्छु त्यो इमान्दारी पूर्वक पुरा गरौँ भन्ने हो । अहिले म मेयर छु । यहाँ पनि जनताकै सेवा गरिरहेको छु । नगरपालिकाकै काममा धेरै समय खर्च हुन्छ । सकेसम्म पार्टी कामलाई पनि समय दिइरहेकै छु ।’

 

न्यौपानेलाई मिलिजुली खबरले सोधेको अर्को प्रश्न थियो ‘अब फेरी पार्टी अध्यक्षका लागि तपाईको दाबी रहन्छ कि रहँदैँन ? ‘हो जिल्ला अधिवेशन नजिकिसकेको छ । म साथीहरुसँग अब कसरी अगाडी बढ्ने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेको छु । साथीहरुको सल्लाह बमोजिम नै म ठोस निर्णय लिनेछु ।’ न्यौपानेले भन्नुभयो ।’

Post Views: 80

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल आएर प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ‘आउँदा बैशाखभित्र स्थानीय तहको निर्वाचन हुन्छ’

धुलिखेल आएर प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ‘आउँदा बैशाखभित्र स्थानीय तहको निर्वाचन हुन्छ’

काँग्रेस बागमती प्रदेश अधिवेशनः काभ्रेका मधु आचार्यले सभापतिमा देलान त उम्मेदवारी ?

काभ्रेका मधु आचार्य जीतको नजिक

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!