नेपाली काँग्रेस काभ्रेका निर्वतमान जिल्ला सभापति मधु आचार्यले अग्रता लिनुभएको छ ।
आस आर्य तर्फबाट केन्द्रीय सदस्य पदमा उठ्नु भएका आचार्य अहिले चौथो नम्बरमा उक्लिनु भएको हो ।
मत गणना चलिरहेको छ । यो कोटाबाट ७ जना सदस्य निर्वाचित हुनेछन् । ४३ जनाको उम्मेदवारी परेको छ । जसमा २५ सय मत गनिसक्दा आचार्य १०४५ मत सहित चौथो स्थानमा उक्लिनु भएको हो ।
हालसम्म सबैभन्दा बढी मत केशव कुमार बुढाथोकीले ११११ पाउनुभएको छ । गोबिन्द बहादुर शाहले १०९५, भीम पराजुली १०४८ मत, श्याम कुमार घिमिरे ९८४ मत रहेको छ ।
नारायण बहादुर कार्की ९७२ मत र महेन्द्र गिरीले ८९९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
Facebook Comments