एमालेको भ्रातृ संगठन अनेरास्ववियु काभ्रेले आज जिल्लाको ९ वटा स्थानीय तहमा अधिवेशन सकाएको छ ।
यहि पुस १८ गते हुने जिल्ला अधिवेशनको तयारी स्वरुप अनेरास्ववियुले जिल्लाको बाँकी पालिकामा अधिवेशन सकिएको हो ।
अनेरास्ववियु तेमाल गाउँपालिका कमिटीको दुधराज लामा चयन हुनुभएको छ । उपाध्यक्षमा दिपक बडाल,
सचिबमा दिनेश रसाइली, सहसचिबमा दिल मान स्याङतन र सपना तामाङ तथा कोषाध्यक्षभा नविन खरेल रहनुभएको छ ।
अनेरास्ववियु प्रथम बनेपा नगरको अध्यक्षमा सुदिन श्रेष्ठ, उपाध्यक्षमा उत्कर्ष दाहाल, सचिबमा सुसन प्रजापति, सहसचिब सृजना श्रेष्ठ, स्वस्तिका थापा र ललिता दाहाल तथा कोषाध्यक्ष निराजन सेडाई चयन हुनुभएको छ ।
अनेरास्ववियु रोशी गाउँपालिका कमिटी अध्यक्षमा सागर मैनाली, उपाध्यक्षमा गोबिन्द लामा, सचिब योसन लामा, सहसचिब सुब राज तामङ र नाङसाल तामाङ तथा कोषाध्यक्षमा मिरा रायमाझी रहनुभएको छ ।
अनेरास्ववियु पाँचखाल नगर कमिटीको अध्यक्षमा प्रीय सन्देश बोलखे, उपाध्यक्षमा आभाष चौलागाईं, सचिबमा सन्जय अधिकारी, सहसचिबमा प्रजिता ढुंगाना, सोम चिमौरिया र रोशन ढुंगाना तथा कोषाध्यक्षमा बिकास योन्जन चयन हुनुभएको छ ।
अनेरास्ववियु चाैरिदेउराली गाउँपालिका कमिटीको अध्यक्षमा निलकण्ठ गाैतम चयन हुनुभएको छ । उपाध्यक्षमा रिजन लामा, सचिबमा विराेज तामाङ, सहसचिबमा प्रभा अधिकारी र काेषाअध्यक्षमा निशा चाैलागाई चयन हुनुभएको छ ।
अनेरास्ववियु भुम्लु गाउँपालिका कमिटी अध्यक्षमा सुनिल बस्नेत, उपाध्यक्षमा विशाल तामाङ, सचिबमा प्रनिशा कुँवर सहसचिबमा साैन्जय तामाङ र कोषाध्यक्षमा सुशिला के सि रहनुभएको छ ।
अनेरास्वबियु महाभारत गाउँपालिकाको प्रथम अधिवेशनबाट मिना अस्तानि मगरको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटि गठन गरिएको छ ।
त्यस्तै खानीखोला गाउँपालिका देश लोप्चनको अध्यक्षतामा अनेरास्ववियुका पालिका कमिटी गठन गरिएको जिल्ला अध्यक्ष गोविन्द उप्रेतीले जानकारी दिनुभयो ।
अनेरास्ववियु यस अघि नै धुलिखेल, पनौती, मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिका अधिवेशन सकाईसकेको छ ।
Facebook Comments