नेकपा एमाले काभ्रेको भ्रातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी सदस्य रामकृष्ण ढकाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ ।
अनेरास्ववियुका जिल्ला कमिटी सदस्य ढकाललाई नेकपा एसका केन्द्रीय सदस्य, बागमती प्रदेश उपाध्यक्ष एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाइबा, बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री एवं जिल्ला कमिटी उपाध्यक्ष बसुन्धरा हुमागाई लगायतले पार्टीमा स्वागत गर्नुभएको हो ।
ढकालको घर मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ हो । नेकपा एसमा ढकालको प्रवेशले एमालेलाई असर गरेको छ ।
Facebook Comments