काभ्रे एमाले १० औँ जिल्ला अधिवेशनमा जुटेको छ । ९ औँ जिल्ला अधिवेश बनेपामा सम्पन्न भएको थियो ।
उक्त अधिवेशनमा दुई प्यानल निर्वाचनमा होमिएको थियो । तर १० औँ जिल्ला अधिवेशनमा प्यानल सहितको निर्वाचनबाट नेतृत्व चयन हुने छैन् ।
१० औँ जिल्ला अधिवेशन धुलिखेलमा हुने छ । धुलिखेलको अड्डा बजार स्थित सामुदायिक खेल मैदानमा अधिवेशन उदघाटन जिल्ला अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले मिलिजुली खबरलाई जानकारी दिनुभयो ।
बन्दसत्र नगरपालिकाको सभाहलमा हुनेछ । अधिवेशन उदघाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली ल्याउने गरी तयारी गरिएको छ ।
केहिदिन अघि मात्रै एमालेका पोलिटब्यूरो सदस्य एवं काभ्रे इन्चार्ज गोकुल बाँस्कोटाले धुलिखलमा नगर कमिटीको कार्यालय उदघाटन गर्दै १० औँ जिल्ला अधिवेशनलाई ऐतिहासिक बनाउन निर्देशन दिइसक्नुभएको छ ।
१० आँै जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधि छनौट पुस १० गते हुनेछ । १३५ वटै वडा, पालिका, विभिन्न जनवर्गीय संगठनबाट अधिवेशनमा प्रतिनिधि सहभागि हुनेछन् । जिल्ला अधिवेशन पुस २३ गते हुनेछ ।
Facebook Comments