सामुदायिक सारथीले मानव अधिकार अनुगमन तथा दस्तावेजीकरणका विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
आज बनेपामा सामुदायिक सारथीले अनुशिक्षण दिएको कार्यक्रम ब्यवस्थापक अनिल खनालले जानकारी दिनुभयो ।
अनुशिक्षणमा बनेपा, पाँचखाल, धुलिखेल र बेथानथोक गाउँपालिकामा सामुदायिक सारथीले गठन गरेको जवाफदेही निगरानी समूह, मानव अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मी, पत्रकार र नागरिक अनुवा सहभागि भएका थिए ।
सहभागीहरुलाई मानव अधिकारका अभियान्ता बासुदेव बजगाईले मानव अधिकारको अनुगमन गर्न जाँदा ख्याल गर्नुपर्ने कुरा र अनुगमनबाट संकलन गरिएको विषयलाई दस्तावेज गर्न ध्यान दिनुपर्ने कुरा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।
अनुशिक्षणको समापन गर्दै सामुदायिक सारथीका अध्यक्ष कृष्णप्यारी नकर्मीले तालिममा सिकेका सीपलाई आ आफ्नो क्षेत्रमा जिम्मेवार भएर लागु गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।
‘मानव अधिकारी चौतर्फी रुप छन् । यो एक दुई दिनको कक्षाले मात्रै पुरा नहुनसक्छ । यो जीवन्त विषय हो । जति सिक्नुभएको छ । ती विषयलाई आ आफ्नो ठाउँमा जिम्मेवारी पूर्वक राख्नु पर्छ ।
मानव अधिकारको क्षेत्र ठूलो छ । काभ्रे जिल्लामा पनि मानव अधिकार उल्लंघटनका घटना प्रशस्तै छन् । यसलाई सबै मिलेर न्यूनिकरण गर्न आवश्यक छ । अध्यक्ष नकर्मीले भन्नभुभयो ।’
Facebook Comments