Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेललाई ‘स्वस्थ शहर’ बनाउन पारित भयो ७ बुँदे प्रतिबद्धता

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेललाई ‘स्वस्थ शहर’ बनाउन पारित भयो ७ बुँदे प्रतिबद्धता
Spread the love
    

 

काभ्रेको धुलिखेल नगरपालिकालाई ‘स्वस्थ शहर’ बनाउन ७ बुँदे प्रतिबद्धता जारी गरिएको छ ।

 

संघीय सरकारको स्वास्थ्य सेवा विभागका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानीय सरकारका जनप्रतिनिधि र नगरपालिकाका विभिन्न शाखाहरुको सहभागितामा ७ बुँदे स्वास्थ्य प्रतिबद्धता पारित गरिएको छ ।

 

सिन्धुपाल्चोकको सुकुटेमा दुईदिनसम्म नगरपालिकाको स्वास्थ्य सूचकका बिषयमा ब्यापक छलफल गरेपछि ७ बुँदे स्वास्थ्य प्रतिबद्धता पारित गरिएको धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्र्रमुख सन्दीप केसीले जानकारी दिनुभयो ।

 

पारित प्रतिबद्धताको पहिलो बुँदामा स्वस्थ शहर कार्यक्रममा राजनैतिक प्रतिबद्धताको लागि सबै राजनैतिक दलहरुसँगको सहकार्य तथा जनप्रतिनिधिहरुको प्रतिबद्धता सहित अपनत्व बढाउने भनिएको छ ।

 

स्वस्थ शहर अभियानलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्वास्थ्य सेवाको मुल प्रवाहमा समावेश गर्न पहल गर्ने । स्वस्थ वातावरण, नसर्ने रोग, पोषण तथा स्वास्थ्य प्रवर्धनका कार्यक्रममा जोड गर्ने ।

 

धुलिखेल नगरका शिक्षकहरुलाई विशेष स्वास्थ्य तालिम सहित स्वास्थ्य क्षेत्रमा प्रवर्धनात्मक तथा जनचेतनामुलक कार्यक्रममा सहकार्य गरिने । समुदायका स्वास्थ्य सूचनाहरु एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने ।

 

स्वास्थ्य अनुसन्धानका लागि काठमाण्डौ विश्वविद्यालय, धुलिखेल अस्पताल तथा सरोकारवालासँगको समन्वयलाई जोड गर्ने । स्वास्थ्य शहर कार्यक्रममा स्वास्थ्यकर्मीको क्षमता अभिबृत्तिका लागि विशेष तालिम तथा उत्प्रेरणाका कार्यक्रम ल्याइने उल्लेख गरिएको छ ।

 

घोषणा पत्रले सबै पक्षलाई स्वस्थ शहर निर्माणमा घचघच्याउने स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । ‘हामीले पारित गरेको प्रतिबद्धता त्यस्तो शक्ति हो जसले अन्योल, दुबिधा र अनिश्चितता हटाएर लक्ष्य प्राप्तिका लागि मार्ग निर्देश गर्छ । शाखा प्रमुख केसीले भन्नुभयो ।’

Post Views: 116

Spread the love
    

Facebook Comments

Next Post
रिहा भए काँग्रेस नेता गणेश लामा

गणेश लामाको वास्तविकता नजिकबाट पो बुझ्ने की ?

सारथी नेपालको मानव अधिकार तालिम सकियो

सारथी नेपालको मानव अधिकार तालिम सकियो

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!