काभ्रेको सदरमुकाम धुलिखेल नगरपालिकाको पुरानो बजारमा नेवारी समुदायको बाक्लो बसोबास छ । तर बाह्य मानिसहरूको आगमनसंगै नेवार समुदायको संस्कार र संस्कृति पहिले जस्तो छैन् ।
धुलिखेल नगरपालिकाको वडा ५, ६ र ७ नम्बरमा नेवार समुदायको उपस्थित बाक्लै भएपनि कयौँ नेवारी खान्की र परम्परा निकै लोप हुँदै गइरहेको छ । तर आइतबार स्थानीय लशः कुश युवा क्लबले योमरी पुन्हीको अवसर पारेर ‘योमरी’ को महत्व झल्काएको छ ।
क्लबले ‘योमरी फेष्टिबल’ को आयोजना गरेर योमरी र आफ्नो संस्कृतिको संरक्षणमा थोरै भएपनि चासो जगाएको छ । मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ सहितका अतिथीहरुलाई छोटो औपचारिक कार्यक्रम गरेर योमरी चकाए, यसको महत्वका बारे अवगत गराए । मेयर ब्याञ्जुले आफ्नो कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार गरेकोमा क्लबका पदाधारीलाई धन्यवाद दिनुभयो ।
लशः कुश युवा क्लबले केबल योमरी फेष्टिबल मात्रै गरेन । आफ्ना कला र संस्कृति समेत प्रर्दशन गर्यो । युवा पुस्ताहरु हाकुपटासी लगाएर सजिए । नयाँ पुस्ताले संस्कृति जर्गेना गरेको गतिविधि पाका पुस्ताले मज्जासँग हेरे । कतै बुल्न थाले सिकाए । नयाँ पुस्ताले नेवारी परम्परा सहितको लाखे नाच प्रस्तुत गरे ।
‘लशः कुश युवा क्लबले आफ्नो संस्कार, संस्कृति जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । त्यसैको निरन्तरता स्वरुप योमरी फेष्टिबल आयोजना गरेका हौँ । हामी आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने छौ । क्लबका सल्लाहकार ओम श्रेष्ठले मिलिजुली खबरसँग भन्नुभयो ।
पछिल्लो समय धुलिखेलमा ‘योमरी’ निकै लोप हुँदै गइरहेको छ । धुलिखेलमा योमरी लोप हुन नदिन र यसको महत्व घुम्न आउने आन्तरिक तथा बाह्य पटर्यकहरुलाई समेत दिने उद्देश्यले ‘योमरी फेष्टिबल’ को आयोजना गरिएको लशः कुश युवा क्लबले जनाएको छ ।
Facebook Comments