नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले सदस्यहरुको मत गणना भइरहेको छ । १६ सय मत गनिसक्दा काभ्रेका गणेश लामाले ५ सय ८९ मत ल्याउनुभएको छ ।
काभ्रे काँग्रेसका नेता गणेश लामा शेर बहादुर देउवा प्यानलबाट सदस्यमा उठ्नु भएको हो । लामा ३० आँै नम्बरमा रहनु भएको छ ।
पार्टी कार्यालय सानेपामा आज दिउँसोबाट मतगणना भइरहेको छ । खसेको मतको १५८९ मतगणना हुँदा डाक्टर शशांक कोइरालाले अग्रता कायमै राख्नुभएको छ ।
कोइराला सभापतिका प्रत्यासी रहेका तीनै उम्मेद्वारको सूचीमा परेका थिए। कोइराला शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंह प्यानलमा परेका थिए ।
निर्वाचन समिति सचिव प्रकाश शर्माका अनुसार कोइरालाले १५८९ मतगणनामा १३१३ मत पाएका छन्। दोस्रो स्थानमा एनपी साउदले १०२२ मत पाएका छन्।
खुला केन्द्रीय सदस्यको जारी गणनासम्म ३५ औँ स्थानमा शेखर प्यानलका उम्मेद्वार अनयबाबु शिवाकोटी छन् । शिवाकोटीले ५७५ मत पाएका छन् ।
केन्द्रीय सदस्यमा सभापतिमा निर्वाचित शेरबहादुर देउवा पक्षका उम्मेद्वारी हाबी देखिएका छन् । शेखर कोइराला प्यानलका उम्मेद्वार थोरैमात्र शीर्ष ३५ मा अटेका छन् ।
Facebook Comments