काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ४ छेडामा नेकपा (एकीकृत समाजवादी) प्रति स्थानीयको आकर्षण देखिएको छ ।
बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईको प्रमुखआतिथ्यतामा भएको वडा भेलामा सयौँ स्थानीय जम्मा भएका थिए । भेलाले वडा कमिटी समेत गठन गरेको छ ।
भेलाले अध्यक्षमा मिनप्रसाद गौतम, उपाध्यक्षमा अर्जुन चौलागाई, सचिबमा मनिष गौतम, सहसचिबमा शम्भु तिमल्सिना, असली लामा, र शक्ति गौतम लगायत ३५ सदस्यीय कमिटी वडा कमिटी गठन गरेको हो ।
त्यसैगरी शरण तिमल्सिना अध्यक्ष र दिपेन्द्र तिमल्सिना सचिब सहितको ४५ सदस्यीय युवासंघ नेपालको वडा कमिटी पनि गठन गरिएको छ । भेलाले अखिल नेपाल महिला संघ (समाजवादी) को पनि वडा कमिटी गठन गरेको छ । अध्यक्षमा सुस्मिता लामा, उपाध्यक्षमा सुनिता चौलागाई र सचिबमा दुर्गा तिमल्सिना रहेको २१ सदस्यीय कमिटी गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कृषि तथा पशुपंक्षी मन्त्री हुमागाईले कृषिमा ब्यापक मात्राले आधुनिकीकरण ल्याउन ढिलाई गर्न नहुने भन्दै प्रदेश सरकारले कृषिको क्षेत्रमा नयाँ योजना ल्याउने दाबी समेत गर्नुभयो ।
‘एक पालिका, एक नयाँ कार्यक्रम बागमती प्रदेश सरकारले ल्याउने छ । जुन विशेष हुनेछ । जनताको हित विपरितका काम म बाट हुँदैन । किसानलाई मलको हाहाकार भइरहेको छ । त्यो समाधान गर्न प्रदेश सरकार लागि परेको छ । मन्त्री हुमागाईले भन्नुभयो ।’
भेलालाई नेकपा (एस) का केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतम, जिल्ला पार्टी कमिटी सचिब दिपक गौतम, जिल्ला सचिवालय सदस्य एवं चौरीदेउराली पालिका कमिटी अध्यक्ष लोक बहादुर गौतम, जिल्ला सचिवालय सदस्य एवं तेमाल पालिकाका अध्यक्ष प्रदीप लामा लगायतले सम्बोधन गर्नुभएको थियो ।
भेलाबाट विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गरेका छन् । विशाल लामा, सुसन तामाङ, सुन्दर तामाङ, अनिश तामाङ, प्रेम लामा, अभिनय लामा, प्रेम योञ्जन, सोनाम लामा, रोशन लामा, सरोज लामा र कान्छो तामाङ नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन् ।
Facebook Comments