काभ्रेको बेथानचोक गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले पालिका कमिटीलाई पूर्णता दिईएको छ ।
आज नेकपा (एकीकृत समाजबादी) का पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सदस्य एवं काभ्रे जिल्ला ईन्चार्ज टोक बहादुर वाईबा, जिल्ला कमिटी उपाध्यक्ष तथा बागमती प्रदेश सरकारको कृषि तथा पशुपंछी विकास मन्त्री बसुन्धारा हुमागाईको बिषेश आतिथ्यतामा भएको भेला तथा बिस्तारित बैठकले पालिका कमिटीलाई पूर्णता दिईएको हो ।
विस्तारित बैठकले हरिश्चन्द्र लामाको अध्यक्षतामा ६३ सदस्यीय नेकपा (एकीकृत समाजवादी) बेथानचोक गाउँपालिका कमिटी गठन गरिएको छ । ज्ञानबहादुर तामाङको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ नेपाल बेथानचोक गाउँ पालिका कमिटी निर्माण गरिएको छ ।
त्यस्तै बिनु थापामगरको अध्यक्षतामा २१ सदस्यीय अनेमसंघ बेथानचोक गाउँपालिका कमिटी गठन गरिएको जिल्ला सचिवालय सदस्य एवं पालिका ईन्चार्ज प्रेम लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह, अनेरास्वबियु जिल्ला कमिटी अध्यक्ष बदन भण्डारी, युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष प्रताप लामा, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पासाङ डोल्मो लामा लगायतले सम्बोधन गर्नुभएको थियो ।
Facebook Comments