काभ्रेमा ८ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईका अनुसार बितेको २४ घण्टामा ८ जना निको भएका हुन् ।
योसँगै जिल्लाका सक्रिय संक्रमितको संख्या २९ मा झरेको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १० सक्रिय संक्रमित छन् ।
आज ८८० जनिहाले कोरोना भाईरस विरूद्धको फाईजर खोपको दोस्रो डोज लगाएका छन् । जिल्लामा २९ सय ९१ जनाले पहिलो डोज फाइबर खोप लगाएका छन् । आजसम्म २६ सय ५३ जनाले दोस्रो डोज खोप लगाएका छन् ।
जिल्ला बितेको २४ घण्टामा एक जनामा पनि संक्रमण देखिएको छैन ।
Facebook Comments