काभ्रेको भुम्लु गाउँपालिकाले लोक सेवा आयोगको अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालका अनुसार पुस ११ देखि २० गतेसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
प्रशासन सेवा सहायक ४ र ५ तहको प्रथम प्रश्नमा आधारित अभिमुखीकरण दिइनेछ । अभिमुखीकरण तालिममा सहभागी हुन भुम्लु गाउँपालिकाका स्थायी नागरिक हुनु पर्छ ।
त्यस्तै ३५ बर्ष ननाघेको पुरुष र ४० वर्ष नकटेको महिला हुनुपर्ने छ । एसएलसी वा एईई पास गरेका भुम्लु गाउँपालिकाका नागरिक सहभागी हुन पाउने छन् ।
अभिमुखीकरण तालिममा सहभागी हुन चाहानेले एक प्रति फोटो, नेपाली नागरिकताको प्रतिलिपी प्रमाणपत्र, विबाहित महिलाले विबाह दर्ताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रतिलिपी प्रमाण पत्र र बसाँईसरी आएकाले बसाँई सरेको प्रतिलिपी प्रमाण पत्र बुझाउनु पर्नेछ ।
Facebook Comments