Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे मादनकुँडारीका राम लामाः जसले राखे केयुमा कम उमेरमै विद्यावारिधी गर्ने रेकर्ड

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, शिक्षा, समाचार, समाज
काभ्रे मादनकुँडारीका राम लामाः जसले राखे केयुमा कम उमेरमै विद्यावारिधी गर्ने रेकर्ड
Spread the love
    

 

काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ मादनकुँडारीका राम लामाले काठमाण्डौँ विश्वविद्यालयमा कम उमेरमै विद्यावारिधी गर्ने रेकर्ड राख्नुभएको छ । २७ औँ दीक्षान्त समारोहमा लामाले सबैभन्दा कम उमेरमा विद्यावारिधी गर्ने रेकर्ड राख्नु भएको हो ।

 

 

२७ औं दीक्षान्त समारोहबाट राम लामा सहित रोहितकुमार मिश्र, लिना गुरुङ्ग, सुशिला श्रेष्ठ, श्रीकृष्ण वाग्ले, रविनराज निरौला, पारसमणी तिमल्सिना, दिपकप्रसाद बास्तोला, दिवाकर विष्ट, सञ्जय हमाल, रेवतकुमार ढकाल, देवेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण वाग्ले र दिपक खनाललाई सहकुलपति देवेन्द्रराज पौडेलले पिएचडीको उपाधि प्रदान गर्नु भएको थियो ।

 

यी मध्ये राम लामाले ३१ बर्षकै उमेरमा पिएचडीको उपाधि हासिल गर्नुभएको हो । लामाले हाईड्रोपावर मेकानिकल ईञ्जिनियर विषयमा पिएचडीको उपाधि हासिल गर्नुभएको हो । नर्वेजियन दुतावासको छात्राबृत्तिमा विशिष्ट श्रेणीमा पिएचडी उपाधि हासिल गरेको बताउनुभयो ।

 

‘मैले मेकानिकल ईञ्जिनियरिङमा पिएचडी उपाधि हासिल गरेको हुँ । काठमाण्डौ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहबाट पिएचडी उपाधि हासिल गर्नेमा म सबैभन्दा कान्छो उमेरको हुँ । यो दीक्षान्त समारोहबाट पिएचडी उपाधि हासिल गर्नेमा कोहि त मेरा गुरुहरू नै हुनुहुन्छ । लामाले भन्नुभयो ।’

 

लामाले मादन कुँडारीको तत्कालिन स्वस्थानी निम्न माध्यामिक विद्यालबाट कक्षा ८ उत्तीर्ण गरेर सिर्जनशील जनता माध्यामिक विद्यालय मार्फत २०६२ सालमा एसएलसी पास गर्नुभएको थियो । दुर्गममै एसएलसी पास गर्नुभएका लामा काठमाडौं विश्वविद्यालयमा आइएससी अध्ययनका लागि भर्ना हुनुभएको थियो ।

 

काठमाडौं विश्वविद्यालयबाट आइएससी र हाइड्रोपावर, मेकानिकल ईञ्जिनियरिङमा स्नातक गर्नुभएका लामाले स्नातकोत्तर भने भारतको जवहरलाल नेहरू टेक्निोलोजिकल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण गर्नुभएको हो । जलविद्युत आयोजनाको विकासको क्रममा दूई बर्षको अनुभव समेत संगालि सक्नुभएका लामाले स्नातकोत्तरमा मेकानिकल ईञ्जिनियरिङ अध्ययनको लागि भारतीय दुतावासको छात्राबृत्ति पाउनुभएको थियो ।

 

सबै उच्च शिक्षा छात्राबृत्तिमा अध्ययन गर्नुभएका लामा अहिले काठमाडौं हाईड्रो सोलुशन प्रा.लि र काठमाडौं ईलेक्ट्रिक प्रा.लिको कार्यकारी अध्यक्ष हुनुहुन्छ । यहि कम्पनी मार्फत जलविद्युत आयोजनाहरूमा काम गर्दै आएको लामाले बताउनुभयो । लामा त्यसबाहेक काठमाडौं विश्वविद्यालयमा एकेडेमिय इन्डष्ट्रि कोअपरेशन विभागका संयोजकको रूपमा पनि कार्यरत हुनुहुन्छ ।

 

राम र लक्ष्मण च्याङबा तामाङ र कमिस्या तामाङको जुम्ल्याहा सन्तान हुन् । २०६९ सालमा काठमाडौं विश्वविद्यालयबाट दाजु राम लामाले मेकानिकल र भाइ लक्ष्मण लामाले इन्भारोमेन्टल इञ्जिनियरिङमा स्नताक गर्नुभएको थियो ।

 

हाल दुवै जनाले आफुहरू बाल्यकालमा गरेको विद्यालय स्वस्थानी माध्यामिक विद्यालय र सिर्जनशील जनता माविमा कक्षा ७, ८ र ९ का विज्ञान, गणित र अंग्रेजी विषयमा धेरै अंक ल्याउने मध्ये ३÷३ जनालाई पुरस्कृति गर्ने उद्धेश्यले २०७७ सालबाट ‘जुम्ल्याहा इञ्जिनियर राम÷लक्ष्मण लामा विज्ञान तथा प्रविधि पुरस्कार–२०७७’ स्थापना गरी बार्षिक २० हजारका दरले कोष खडा गरी पुरस्कृत गर्दै आउनुभएको छ ।

 

Post Views: 613

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलको स्वास्थ्य सेवामा थप सुधारः बिमा गरेकाको वडामै रगत संकलन, घरैमा औषधी वितरण

धुलिखेल नगरपालिकाको सेवा बन्द हुने

काभ्रेली जनताको बदनाम हुने काम कुनै पनि हालतमा गर्दिन-मन्त्री हुमागाई

काभ्रेली जनताको बदनाम हुने काम कुनै पनि हालतमा गर्दिन-मन्त्री हुमागाई

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!