Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

सिन्धु–काभ्रे सीमाः पञ्चकालिन विवाद, गणतन्त्र आउँदा पनि जिउकातिउ

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
सिन्धु–काभ्रे सीमाः पञ्चकालिन विवाद, गणतन्त्र आउँदा पनि जिउकातिउ
Spread the love
    

 

सिन्धुपाल्चोक र काभ्रे बीच दोलालघाट क्षेत्रको विवाद पुनः सतहमा आएको छ । यो पटक भने समाधान गरेरै छोड्ने अठोट सिन्धुपाल्चोककाले लिएका छन् ।

 

पञ्चकालिन सिमाना विवाद गणतन्त्र आउँदासम्म पनि समाधान हुन सकेको छैन् । सबै कुरा हेर्दा दुई नेता बीचको स्वार्थ पूर्ण विवाद देखिन्छ । यसको चरममा मारमा लामो समय देखि १२० घरधुरी परिरहेको छ ।

 

काभ्रेको भुम्लु गाउँपालिका र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आ आफ्नो क्षेत्र दाबी गर्छन् बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेँसी । तर निकै लामो समयदेखि पिडाबाट उन्मुक्ति स्थानीय पाउन सकेका छैनन् ।

 

दुबै स्थानीय तहले नागरिकको भावना अनुसार काम गर्न सकेको छैनन् । यो क्षेत्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर तत्कालिन तुलसी गिरी प्रधानमन्त्री हुँदा ०३३ साल माघ २८ गते मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित थियो ।

 

त्यो बेला मन्त्रिपरिषद्ले सुनकोसी र इन्द्रावती नदीलाई सिमाना मानेर वारिपारि सिन्धुपाल्चोक र काभ्रे हुने स्पष्ट निर्णय गरेको थियो । २०३८ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य काभ्रेली नेता गोविन्द उप्रेतीले मन्त्रिपरिषद्को निर्णयविपरीत ती गाउँलाई काभ्रेको भूभाग भनी दाबी गर्नुभयो ।

 

तर, सरकारको निर्णयपछि स्थलगत अध्ययन र नापी गरेर २०४३ सालमा नापी महाशाखाले सुनकोसी र इन्द्रावती नदीवारिका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेँसीलाई सिन्धुपाल्चोकको क्षेत्राधिकारभित्र राखेको थियो । जुन प्रमाण अहिलेपनि सुरक्षित छ ।

उप्रेतीले सिन्धुपाल्चोकको जमिन जर्बजस्त काभ्रेको दाबी गरेपछि त्यो बेलादेखि नै विवादित बनेको हो । त्यतिखेर सिन्धुपाल्चोक साँगाचोकका तत्कालिन प्रधानपञ्च जनक गिरीले उप्रेतीसँग पटक–पटक संघर्ष गरेको जानकारहरु बताउँछन् । आफ्नो क्षेत्राधिकारमा पर्ने भूमिबारे आवाज उठाउँदा उप्रेतीसँग गिरीको कयौँ पटक झगडा नै भएको साक्षीहरुको भनाई छ ।

 

तर, त्यो बेला उप्रेती शक्तिमा हुनुहुन्थ्यो । प्रधानपञ्चको कुराको सुनुवाई भएन् । २०४३ सालमा नापीले यी गाउँ सिन्धुपाल्चोकभित्र पर्छन् भनेर स्पष्ट नक्सा दिँदा पनि राष्ट्रिय पञ्चायतमा रहेका उप्रेतीले २०४५ सालदेखि कित्ता नापी गर्ने सरकारी अभियानलाई रोक्का गरिदिएको स्थानीयहरु बताउँछन् । त्यसयता बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेँसीे क्षेत्रमा थप कित्ता नापी भएको छैन् ।

 

सिन्धुपाल्चोकको नागरिकता हातमा बोकेर काभ्रेको नागरिक हुँ भन्न बाध्य पारिएको छ । यो समस्या समाधान गर्न स्थानीयहरुले दुबै जिल्लाका स्थानीय सरकारसँग धेरै पटक हारगुहार गरिसकेका छन् । तर अहिलेसम्म ठोस परिणाम आउन सकेको छैन् ।

 

Post Views: 643

Spread the love
    

Facebook Comments

Next Post
पनौतीको शान्ति निकेतन माविका किशोर किशोरीलाई प्रजनन स्वास्थ्य बारे सचेतना

पनौतीको शान्ति निकेतन माविका किशोर किशोरीलाई प्रजनन स्वास्थ्य बारे सचेतना

काभ्रे प्र’हरीले थाल्यो सडक सुरुक्षा अन्तर्गत ‘कारबाहीको नयाँ अभ्यास’

काभ्रे प्र'हरीले थाल्यो सडक सुरुक्षा अन्तर्गत ‘कारबाहीको नयाँ अभ्यास’

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!