शिक्षा, प्रविधि तथा प्रविधि मन्त्री देवेन्द्रराज पौडेलले शैक्षिक संस्थामा राजनीति नगर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
आज काभ्रेको धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालयको २७ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले राजनीति भन्दा बाहिर रहेर शैक्षिक गतिविधि गरेकै कारण ब्राण्डका रुपमा केयु स्थापित भएको बताउनुभयो ।
‘शैक्षिक संस्थालाई राजनितिबाट टाढा राख्ने हो भने जस्ता ब्राण्डेट शैक्षिक संस्था हुँदा रहेछन् भन्ने उदाहरण काठमाण्डौं विश्वविद्यालयले उदाहरण प्रस्तुत गरेको छ । नेपालमा राजनीतिक क्रान्ति सकियो अब मुलुक समृद्ध बनाउन तर्फ शिक्षित जनशक्ति लाग्नु पर्छ । मन्त्री पौडेलले भन्नुभयो ।’
मन्त्री पौडेलले देशबाट नपायन नहुन दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभयो । ‘तपाईहरूको खाँचो देशलाई छ । यस विश्व विद्यालयबाट उपाधि हासिल गर्नु भएका सबै विद्यार्थीहरू म विनम्रतापूर्वक अनुरोध छ । देशबाटै पलायन नहुनुहोस् । यो अवधिमा आर्जन गरेको ज्ञान र सीपलाई नेपाली माटोमै प्रयोग गर्नुस् । मन्त्री पौडेलले भन्नुभयो ।’
Facebook Comments