धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालयको २७ औं दीक्षान्तबाट महिला विद्यार्थीले सबैभन्दा बढी दीक्षित भएका छन् ।
आज १ हजार ४ सय ४९ जना विद्यार्थी दीक्षित भएका छन् । जसमा ५१.५५ प्रतिशत अर्थात ७ सय ४७ जना महिला र ४८.४५ प्रतिशत अर्थात ७ सय २ जना पुरुष विद्यार्थी रहेका छन् ।
२७ औ दीक्षान्त समारोहसम्म आईपुग्दा ३६ हजार ६ सय २४ जना विद्यार्थी दीक्षित भएको केयुका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले बताउनुभयो ।
आज मेडिकल साईन्सेज, इन्जिनियरिङ, ल, आर्टस, एजुकेसन, ब्यवस्थापन र साईन्स विद्याका १२ जना पीएचडी र ३० जना एमफिल सहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएका हुन् ।
जसमा सबैभन्दा बढी मेडिकल साइन्स विद्याका ५ सय ८१, मेडिकल साइन्स विद्याका ५ सय ८१, आर्टस विद्याका २ सय ३४, एजुकेसन विद्याका १ सय ४, इन्जिनियरिङ विद्याका २९, साइन्स विद्याका ४२ र लका ४० जना रहेका छन् ।
२७ औं दीक्षान्त समारोहबाट राम लामा, रोहितकुमार मिश्र, लिना गुरुङ्ग, सुशिला श्रेष्ठ, श्रीकृष्ण वाग्ले, रविनराज निरौला, पारसमणी तिमल्सिना, दिपकप्रसाद बास्तोला, दिवाकर विष्ट, सञ्जय हमाल, रेवतकुमार ढकाल, देवेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण वाग्ले र दिपक खनाललाई सहकुलपति देवेन्द्रराज पौडेलले पिएचडीको उपाधि प्रदान गर्नु भएको थियो ।
विश्वविद्यालयले पहिलोपटक २०५१ सालमा दीक्षान्त समारोह आयोजना गरी एमबीएका १७ विद्यार्थीलाई उपाधी प्रदान गरेको थियो ।
विश्वविद्यालयबाट हालसम्म स्कुल अफ मेडिकल साइन्सेज्का १७ हजार ६९३, स्कुल अफ इन्जिनियरिङका तीन हजार ९५४, स्कुल अफ आर्टस्का तीन हजार २९, स्कुल अफ एजुकेशनका एक हजार ६२८, स्कुल अफ ल का ११६, स्कुल अफ म्यानेजमेन्टका छ हजार ८०६ र स्कुल अफ साइन्स्का तीन हजार ३९१ गरी कूल ३६ हजार ६२४ दक्ष विद्यार्थीलाई उपाधी प्रदान गरिसकेको केयुले जनाएको छ ।
Facebook Comments