काभ्रेको सबै भन्दा कान्छो नगर मण्डनदेउपुर नगरपालिकाको भवन निर्माण कार्य तीब्र पारिएको छ ।
प्रशासनिक भवन वडा नम्बर ७ को मनमति डाँडामा
निर्माण भैरहेको छ । लगभग सबै भवनको पहिलो तल्लाको ढलान सकिएको छ । केहि भवनको ढलान सकेर वाल लगाउन समेत सुरू भैसकेको छ ।
भवन भ्याट सहित १४ करोड, २२ लाख, ९४ हजार, ९४२ रूपैयाँ लागतमा निर्माण भैरहेको नगरपालिकाले जनाएको छ । भवन निर्माणको जिम्मा विकोई-जयमाता जेभीले पाएको हो ।
२०७७ साल पुस १० गते निर्माण सम्झौता भएको थियो । २०७९ साल पुस १० गतेभित्र सबै संरचना बनिसक्ने सम्झौतामा उल्लेख छ ।
नगरपालिकाले तोकिएकै समयमा भवन निर्माण गर्न सहजीकरण गरिरहेको नगरप्रमुख टोक बहादुर वाईबाले मिलिजुली खबरलाई बताउनुभयो ।
मुख्य प्रशासनिक भवन, कन्फ्रेन्स हल, गार्ड हाउस र क्यान्टिन लगायतका संरचना बन्ने छन् ।
नगरपालिकाले भाँडाको घरबाट सेवा दिँदै आएको छ । यहि गतिमा निर्माण कार्य भै रह्यो भने केहि महिनाभित्रै आफ्नै भवनबाट सेवा दिन सकिने नगरप्रमुख वाईबाले बताउनुभयो ।
Facebook Comments