बितेको २४ घण्टामा काभ्रेमा ४ जना कोरोना संक्रमित थपिए छन् ।
४१ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईले बताउनुभयो ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३९ पुगेको छ । बितेको २४ घण्टामा एक जना पनि संक्रमित निको भएका छैनन् ।
सक्रिय संक्रमित सबै होम होम आईसोलेसनमै रहेका छैन् । सबै भन्दा बढी धुलिखेल र बनेपा नगरपालिकामा १२/१२ जना सक्रिय संक्रमित रहेका छन् ।
Facebook Comments