एमालेको केन्द्रीय कमिटी बैठकले एमाले काभ्रेका नेता रामहरि सुवेदी बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चयन गरेको छ । आज बसेको बैठकले प्रदेश कमिटीको जिम्मेवारी हेरफेर गर्ने क्रममा काभ्रे एमालेका नेता सुवेदीलाई उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
सुवेदी संविधानसभा सदस्य पनि हुन् । एमाले काभ्रेमा प्रष्ट बोल्ने र शालिन नेताको छवि बनाउनु भएका सुवेदी प्रदेश उपाध्यक्षमा चयन हुनुभएको हो ।
बागमती प्रदेश कमिटीको अध्यक्षमा केशवराज पाण्डे र इन्जार्चमा काशीनाथ अधिकारीलाई तोकिएको छ । बैठकले सचिबमा बिजय सुवेदी, उपसचिवमा रत्ना गुरुङ र महेश बर्तौला चयन गरेको छ ।
प्रदेश १ मा तुलसी न्यौपाने अध्यक्ष, टीका चेम्जोङ उपाध्यक्ष चिन्तन पाठक सचिव र दुई उपसचिवमा धन तामाङ र शैलेश लामालाई चयन गरेको छ ।
यसैगरी प्रदेश २ मा रामअवतार यादव अध्यक्ष, रेवती पन्त उपाध्यक्ष, डाक्टर कृष्ण पौडेल सचिव, फर्मुद नदाव र आरती भण्डारी उपसचिव चयन हुनुभएको छ ।
गण्डकी प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवमा क्रमशः नवराज शर्मा, मोहन रेग्मी, धनञ्जय दवाडी, मञ्जु अधिकारी र रश्मी आचार्य चयन हुनुभएको छ ।
लुम्बिनी प्रदेशमा राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गा थारु चयन हुनुभएको छ ।
कर्णाली प्रदेशको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवद्वयमा क्रमशः बिनोश शाह, लालबहादुर महतारा, कमल शाही, रुपा शाही र टेकराज पछाई चयन हुनुभएको छ ।
सुदुरपश्चिम प्रदेशमा दामोदर भण्डारी, कमल तिमिल्सिना, धर्मराज पाठक, बलदेव रेग्मी र चभगिरथी योगी चयन हुनुभएको छ ।
केन्द्रीय कमिटी बैठकले उपत्यका बिशेषमा प्रेमप्रसाद पराजुली, बिदुर कार्की, समिर नेपाल, उर्मिला सुनुवार र चन्द्र रिजाललाई जिम्मेवारी दिइएको छ ।
Facebook Comments