एमालेको केन्द्रीय कमिटी बैठकले एमाले काभ्रेका नेता रेशम लामालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
आजको बैकठले काभ्रेका लामा सहित ४५ जनाको नाम अनुमोदन गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेका नेता लामाको ठूलो समूह एमालेमा प्रवेश गरेको थियो । लामालाई त्यहि बेला गोकुल बाँस्कोटाले केन्द्रीय सदस्य बनाउने आश्वासन दिएरै एमालेमा ल्याएको बताइएको थियो ।
तर चितवनमा सकिएको १० औँ महाधिवेशनमा लामाको नाम केन्द्रीय कमिटीमा नअटाएपछि विभिन्न आशंका गरिएको थियो । केन्द्रीय सदस्यमा मनोनितसंग निर्वाचन क्षेत्र नम्बर १ मा आगामी संसदीय निर्वाचनमा एमालेका तर्फबाट लामाको दाबेदारी अझ बढी बनेको छ ।
Facebook Comments