Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

शिव हुमागाईको टिकट कस्ले खोस्यो ?

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काँग्रेस काभ्रेका नेता हुमागाईको उम्मेदवारी सह–महामन्त्रीमा
Spread the love
    

 

काभ्रे काँग्रेसका पूर्व सभापति शिव हुमागाईले अन्ततः सहमहामन्त्रीको टिकट नै नपाएको खुलसा भएको छ । नर्वनिर्वाचित जिल्ला सभापति तीर्थ लामाले दुई पटक शेर बहादुर देउवालाई भेटेर दबाब दिएपनि हुमागाईले सहमहामन्त्रीको टिकट नपाएका हुन् ।

 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । जहाँ काभ्रे काँग्रेसका पूर्वसभापति हुमागाईको नाम कतै पनि छैन् । हुमागाई केहिदिन अघिदेखि नै सह महामन्त्री पदमा उम्मेदवार घोषणा गरेर सामाजिक सञ्जाल मार्फत भोट मागेका थिए ।

 

हुमागाईले कुनै पनि गुटमा स्थान नपाएपछि उनी निकटका कार्यकर्ताहरु भने निराश बनेका छन् । हुमागाईलाई भोट माग्ने कार्यकर्ताहरु आज निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावली पछि निराश बनेका हुन् ।

 

गणेश लामाले देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै मधु आचार्यले रामचन्द्र पौडेल समूहबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 

नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो ।

 

निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधी, डा शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको छ ।

 

उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराउनुभएको छ ।

 

यसैगरी महामन्त्रीमा डाक्टर मीनेन्द्र रिजाल, डाक्टर प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डाक्टर राजाराम कार्कीको उम्मेदवारी परेको छ ।

 

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी मनोनयन गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

 

स्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ ।

 

यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

 

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

 

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।

 

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीसबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ ।

Post Views: 217

Spread the love
    

Facebook Comments

Next Post
इन्द्रावती किनारमा एक जनाको श’व फेला

सिन्धुपाल्चोकमा बस दु र्घटना

पनौतीमा अनेमसंघ (समाजवादी) गठन, अध्यक्षमा मञ्जु

पनौतीमा अनेमसंघ (समाजवादी) गठन, अध्यक्षमा मञ्जु

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!